नियम १६५
दातृसंस्थाको खरिद निर्देशिका अनुरुप खरिद गर्नु पर्ने
(१) यस नियमावलीमा अन्यत्र
जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकार वा स्थानीय निकाय र दातृसंस्था
बीच भएको अनुदान वा ऋण सम्झौता बमोजिम खरिद गर्दा सो पक्षको खरिद
निर्देशिका अनुरुप खरिद गर्न सकिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि दातृसंस्थास“ग सहमती
लिएर यस नियम बमोजिम खरिद गर्न वाधा पर्ने छैन ।